गायिका कोपिला दाहाल (सुवेदी)को "म नेपालकी छोरी”सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

गायिका कोपिला दाहाल (सुवेदी)को “म नेपालकी छोरी”सार्वजनिक (भिडियो सहित)



समीर प्रकाश पाण्डे 

केही वर्ष यता वैदेशिक राेजगारिका सिलसिलामा साईप्रसमा बस्दै आएकी नेपाली गीतसंगीतलाई निकै माया गर्ने गायिका कोपिला दाहाल सुृवेदिको आवाज रहेको ‘म नेपालकी छोरी‘ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ ।

सागर अधिकारीको सङ्गीत तथा गायिका स्वंय कोपिला दाहाल सुबेदीकै शब्द रहेको गीतमा सुदिप सागरको एरेन्जमेन्ट रहेको छ । गीतको भिडियोमा सुरेन बस्यालकोे निर्देशन तथा कोरियोग्राफी रहेको छ । सुरेश राउतको सम्पादन रहेको भिडियोलाई अजय रेग्मीले छायाङ्कन गरेका छन् । भिडियोमा चर्चित मोडल तथा नायिका नम्रता सापकोटाको अभिनयलाई देख्न सकिन्छ ।