गायिका दाहालको हातबाट असहायलाई म्याट्रीस वितरण - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

गायिका दाहालको हातबाट असहायलाई म्याट्रीस वितरण



विशाल पाण्डेय / सुखड,कैलाली ।
कैलालीको बर्दगोरीया गाउपालिका-२ मा रहेको असाहयका लागि सहयोगी हातहरु ,नेपालद्बारा संचालित सहारा घरलाई म्याट्रीस वितरण गरीएको छ ।

एन आर एन फोरम स्विजरल्याण्डकि उपाध्यक्ष शुभा इल्मार लामाको सक्रियतामा स्विस नागरिक अर्न्स थेर्नी इबेर्लीको सम्झनामा नेपालको चर्चित गायिका स्मिता दाहालले
मंगलबार एक अनौपचारिक कार्यक्रमका बिच सहारा घरमा बसोबास गर्दै आइरहेका असहायहरुलाई म्याट्रीस वितरण गरेकी हुन् ।

सहयोग नेपालका अध्यक्ष तथा पत्रकार प्रकाश मिश्रको पहलमा एक कार्यक्रमका बिच सहारा घरमा २४ थान म्याट्रीस तथा ३ जना बालबालिकालाई न्यानो लुगा गायिका दाहालले वितरण गरेकी हुन् । म्याट्रीस वितरण कार्यक्रममा बोल्दै संचारकर्मी मिश्रले नेपालको ललितपुर घर भइ हाल स्विजरल्याण्ड बस्दै आउनु भएको शुभा इल्मार लामाको सक्रियतामा स्विस नागरिक अर्न्स थेर्नी इबेर्लीको सम्झनामा सहारा घरमा म्यास्ट्रीस बितरण गर्न पाउदा निकै खुशि लागेको बताएका छन ।

त्यस्तै सहारा घरमा म्याट्रीस वितरण गर्दै गायिका दाहालले असहायहरुलाई आफ्नै हातले सामाग्री दिन पाउँदा खुशी लागेको बताउदै आगामी दिनमा सहारा घरको लागि आफुले सहयोग गर्ने समेत बताइन् ।

सहारा घरका सञ्चालक बल बहादुर बिष्टले एन आर एन ए वुमन फोरम स्विजरल्यान्डकी उपाध्यक्ष शुभा इल्मार लामा र गायिका दाहाललाई सहयोगका लागि धन्यवाद व्यक्त गरे । उनले आफुलाइ अत्यन्त आवश्यक परेको सामान पाउँदा आफ्नो सपना पूरा गरेको बताए ।

२०७० सालमा एक मानसिक रोगी किसोरी बाट सुरु भएको सहारा घरले हाल ७० जनालाई सहारा दिइरहेको बिष्टले जानकारी दिए । उनले घर परिवार बाट अपहेलित,असाय,घर परिवार बिहीन तथा अपहेलनामा परेका सहारा बिहीनहरूको स्याहार सुसार गर्ने व्यक्तिहरुलाई सहारा दिइरहेको बताए ।

सहारा घरमा ,स्वास्थ परिक्षणको लागि स्वास्थकर्मी तथा एम्बुलेन्सको एकदमै अभाव भएको संचालन बिष्टले गुनासो पोखे । उनले भने , ‘ विभिन्न स्थानीय तहका प्रतिनिधिहरुले अशक्त तथा असहायहरुलाई सहारा घरमा पठाइ सहयोग गर्ने आश्वासन दिएपनी कुनै पनि किसिमको सहयोग नगर्ने हुँदा आउने ब्यक्तिहरुलाइ गाँस बासमा समस्या हुने गरेको छ ।” सहारा घरमा बस्दै आएका मानसिक तथा अन्य रोगिहरु सन्चो भएपछि सहारा घरले आफन्तहरुसंग मेलमिलाप समेत गराउदै आइरहेको छ । सहारा घरबाट अहिलेसम्म करिब ७५ जना रोगिहरु पुर्ण रुपमा निको भएर घर फर्किएको संचालक बिष्टले हिमाल पोस्टलाई जानकारी दिए ।