गायक राजु परियारको मन छुने गीतमा शिलु र कृष्ण बाबुको प्रेम (भिडियो सहित) - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

गायक राजु परियारको मन छुने गीतमा शिलु र कृष्ण बाबुको प्रेम (भिडियो सहित)



समिर प्रकाश पाण्डे/माघ २१ 

पछिल्लो समय बजारमा निकै चर्चित लोक तथा दोहोरी गीतहरू सार्वजनिक हुने लहर नै लागेको छ । सोही क्रममा कुनै कलाकारले समाजमा भएका यथार्थ घटनालाई समावेश गरी गीतहरू सार्वजनिक गरेको पाइन्छ भने कसैले समाजले पचाउन नसक्ने खालका उत्तेजित म्युजिक भिडियो समेत बजारमा ल्याउनेको प्रतिस्पर्धा नै छ । अझ वास्तविक भन्नेहो भने आफ्नो गीत समाजले मन पराओस भन्दापनि सामाजिक सञ्जालमा भाइरल बनोस भन्ने उदेश्यले समेत गीतहरू सार्वजनिक गर्ने कलाकारहरुपनि प्रसस्तै छन् ।यद्यापी सबै कलाकारहरू भने यसो नभई समाजका यथार्थ घटनालाई विषयवस्तु बनाएर गीतहरू सार्वजनिक गरेकापनि छन् ।

यसै क्रममा भर्खरै मात्र राजु परियार र शिलु भटराईको स्वरमा नयाँ गीत बजारमा आएको छ । शिव हमालको लय शब्द रहेको उक्त गीतमा चाहेको माया गर्ने मान्छे नपाउँदाको पीडालाई व्यक्त गरिएको छ । यस गीतमा समावेश गरिएको शब्दहरूलाई हेर्नेहो भने समाजमा भएका युवापिडिहरुलाई वास्तविकरुपमा पर्ने गरेको समस्यालाई यथार्थपरक ढङ्गले उतारिएको छ । एस.के म्युजिक प्रालिको व्यवस्थापनमा बजारमा आएको उक्त गीतको म्युजिक भिडियोमा कृष्ण बाबु र प्रिया कंडेलले अभिनय गरेका छन् । म्युजिक भिडियो मनिष पन्थको छायाँकन, सम्पादन तथा निर्देशनमा रहेको छ।