गौरीशंकर माविको ४७ औंं बार्षिकोत्सव धुमधामका साथ सम्पन्न  - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गौरीशंकर माविको ४७ औंं बार्षिकोत्सव धुमधामका साथ सम्पन्न 



किशोर तामाङ / कञ्चनपुर ।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ भानुबस्तीमा रहेको गौरीशंकर माबिले आफ्नो ४७ औंं वार्षिक उत्सव आज बिभिन्न सांस्कृतिक कार्यक्रमका गरि मनाएको छ ।

बिद्यालयको ४७ औंं बार्षिकोत्सव मनाई रहँदा सो कार्यक्रमलाई बिधार्थीहरुको नृत्यले अझै रौनकता प्रदान गरेको थियो । राष्ट्रिय स्वभिमानले भरिपुर्ण रातो चन्द्र र सुर्य जङ्गी निशाना हाम्रो भन्ने बोलको गितमा नृत्य भइरहेको समय उपस्थित दर्शकहरुपनि झुमीरहेका थिए ।

बार्षिकोत्सव कार्यक्रममा बिधालयका प्रधानध्यापक लोक बहादुर थापाले बिधालयको आर्थिक बर्ष २०७४/०७५ प्रतिबेदन प्रस्तुत गरेका थिए ।

बिधालयलाई आर्थिक क्षेत्रमा पारदर्शिता नितान्त आवश्यक रहेको भन्दै १ करोड १० लाख  ४८ हजार ९ सय ५६ रुपैयाँको आर्थिक प्रतिवेदन उपस्थित अभिभावक र समुदायका माझ प्रस्तूत गरेका थिए । कार्यक्रममा बिधालयले बिभिन्न बिधामा उत्कृष्ट व्यक्तिहरुलाई समेत सम्मानित गर्ने कार्यक्रम राखिएको थियो ।

कार्यक्रममा सम्मानित हुनेमा उत्कृष्ट बर्ष २०७४ अभिभावकमा चन्द्रा वड ,उत्कृष्ट शिक्षकमा दिर्घराज घिमिरे,अक्षयकोष स्थापनाका लागी नगद रु ११,१११ प्रदान गर्ने भुमिराज तिवारी र ३३,००० नगद प्रदान गर्ने SLC प्रथम व्याच २०५८ का रोम बहादुर शाही ,गणेश थापा,यज्ञ राज जोशी ,नारद बोगटी ,नवराज ओझा,जितेन्द्र थापा,पदम ब बोहरा,खडक सिङ धामी ,बिमला रिमाल,खगेन्द्र जोशी ,सन्जय बिक र नगरस्तरीय निबन्ध प्रतियोगितामा प्रथम हुने बिनिता पाण्डे र कबिता प्रतियोगितामा तृतिय हुने सरु साउदलाई सम्मान गरिएको छ ।

यसैगरी सो कार्यक्रममा जेहेन्दार छात्रवृत्ति समेत बितरण गरिएको छ । जेहेन्दार छात्रवृत्ति प्राप्त गर्नेमा केशव साउद,माधुरी भण्डारी,नरेश खाती,लक्ष्मी कार्की र रेखा सार्की रहेका छन ।

गौरी शङ्कर उच्च मावि सञ्चालन समितिका अध्यक्ष पदम पुजाराको सभापतित्वमा सञ्चालन गरिएको ४७ औंं बार्षिकोत्सव समारोहमा प्रमूख अतिथि प्रदेश सभा सांसद माननिय तारालामा तामाङ रहनु भएको थियो । साथै बिशिष्ट अतिथिमा पुनर्वास नगरपालिका नगर प्रमुख जिवन राज थापा रहनु भएको थियो भने अतिथिहरुमा शिक्षक, बुद्धिजिवी , राजनिती दलका प्रतिनिधी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

शिक्षक यज्ञ नारायण पोख्रेलको स्वागत मन्तव्य सङ्गै शुरु भएको बार्षिकोत्सव कार्यक्रमलाई सोही बिद्यालयका शिक्षक दीर्घराज घिमिरे र भक्त बहादुर रोकायाले सञ्चालन गरेका थिए ।