गौरिगंगा नगरपालिका वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधी मंगल युवा क्लबलाई - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गौरिगंगा नगरपालिका वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधी मंगल युवा क्लबलाई



हिमाल पोस्ट / सुखड,कैलाली ।

नेपालीहरुको महान चाड विजया दशमि तथा दिपावलिको अवसरमा सम्पन्न भएको गौरिगंगा नगरपालिका वडा स्तरीय मैत्रीपुर्ण फुटबल प्रतियोगिताको उपाधी मंगल युवा क्लबले हात पारेको छ ।

मंगलबार सम्पन्न भएको फाइनल खेलमा आयोजक मंगल युवा क्लबले वडा नं ४ राजीपुरलाई पेनाल्टी सुट आउटमा हराउँदै उपाधि चुमेको थियो । खेल अवधीभरी दुबै टिमले एक एक गोलको बराबरीमा खेलेपछी पेनाल्टी सुट आउटमा मंगल युवा क्लब विजयी भएको हो ।

“हाम्रो गोल महिला हिंसा विरुद्धको बोल” भन्ने मुल नारा सहित यहि असोज २४ गतेदेखि मंगल युवा क्लब र काफली युवा क्लबको संयुक्त आयोजनामा सुरु भएको फुटबल प्रतियोगिताको मंगलबार समापन गरिएको थियो । कैलाली जिल्ला फूटबल संघका सदस्य तथा मंगल युवा क्लबका अध्यक्ष चन्द्र बमको सभापतित्वमा सम्पन्न भएको समापान कार्यक्रमको प्रमुख अथिती गौरिगंगा नगरपालिकाका नगर प्रमुख भिम बहादुर देऊवा रहनु भएको थियो ।

प्रथम हुन सफल रहेको आयोजक मंगल युवा क्लबका खेलाडीहरुलाइ नगद १०,००० ट्रफि मेडल र प्रमाणपत्र तथा प्रतियोगितामा दोस्रो भएको वडा नं ४ राजिपुरका खेलाडिहरुलाइ नगद ५,००० ट्रफि मेडल र प्रमाणपत्र गौरिगंगा नगरपालिकाका नगर प्रमुख देउवाले हस्तान्तरण गर्नुभएको थियो ।

गौरिगंगा नगरपालिका वडा स्तरीय फुटबल प्रतियोगितामा १६ वटा टिमको सहभागीता रहेको थियो ।