गाउँपालिकाका कर्मचारी घुष रकमसहित पक्राउ - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

गाउँपालिकाका कर्मचारी घुष रकमसहित पक्राउ



काठमाडौं । सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार घरको नक्सापासका लागि घुस लिएको सूचनाका आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सोमबार इन्जिनियर मेहतालाई विराटनगर महानगरपालिका-५ पुल्चोक छेउबाट पक्राउ गरेको हो ।