गाउपालिका स्तरिय फुटबलकाे उपाधि नाैनियालाई - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गाउपालिका स्तरिय फुटबलकाे उपाधि नाैनियालाई



राजेन्द्र रावल / बाैनिया ।
विजय दशमी तथा शुभ दिपावलि अवसरमा बर्दगाेरिया गाउपालिका वडा नम्बर २ काे मंगलमय युवा क्लबकाे अायाेजनामा भएको गाउपालिका स्तरिय फुटबल प्रतियाेगिता मंगलबार सम्पन्न भएको छ ।

मंगलबार भएको फाइनल खेलमा बर्दगाेरिया गाउपालिका वडा नम्बर २ काे नव बाल बाटिका बिधा मन्दिर बाैनिया लाई दुई शुन्यकाे गाेल अन्तरले हराउँदै बर्दगाेरिया ४ काे नाैनिया युवा क्लब नाैनिया विजयी भएको हाे ।

फाइनल खेलकाे दुबै हाफमा प्राप्त दुई पेनाल्टि काे सदुपयोग गर्दै नाैनिया विजयी भएको हाे । खेलमा प्राप्त एक पेनाल्टिमा बालबाटिकाका प्रमाेद मल्ल गाेल गर्न असफल भएका थिए । प्रतियाेगिताकाे उत्कृष्ट खेलाडी काे रुपमा नव बाल बाटिकाका गाेल रक्षक दिर्घ साउद पुरस्कृत भएका छन् ।

विजयी टिमले १० हजार नगद, प्रमाणपत्र र मेडल प्राप्त गर्दा दाेस्राे भएको टिमले ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे थियाे । विजयी खेलाडिहरुलाइ कार्यक्रमका प्रमुख अतिथि बर्दगाेरिया गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष भेखुराम चाैधरि लगायतकाले पुरस्कार प्रदान गर्नु भएको थियाे ।

समापन कार्यक्रम अायाेजक क्लबका अध्यक्ष निरज चाैधरिकाे अध्यक्षता सम्पन्न भएको हाे । प्रतियोगितामा गाउपालिका भित्रका १४ वटा टिमहरुकाे सहभागिता रहेकाे थियाे ।