वरिष्ठ कलाकार गणेश मुनालको निधन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

वरिष्ठ कलाकार गणेश मुनालको निधन



काठमाडौं । वरिष्ठ कलाकार गणेश न्यौपाने मुनालको निधन भएको छ । दमका रोगी मुनालको सोमबार काठमाडौंको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनले ‘प्रेमयुद्ध, दिदी बहिनी, मिस्टर डन, सेतो बाघ, लभ लभ लभ’ लगायतका चलचित्र तथा ‘तितो सत्य’ लगायतका टेलिसिरियलमा अभिनय गरेका थिए । उनी अभिनित चलचित्र ‘गोपी’ प्रदर्शनको तयारीमा छ ।

मुनालको पार्थिव शरीरलाई सोमबार नै दाहसंस्कारको लागि पशुपति आर्यघाटमा लगिएको छ ।