गौतम गाम्भीरलाई ज्यान मार्ने धम्की - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

गौतम गाम्भीरलाई ज्यान मार्ने धम्की



एजेन्सी- भारतका पूर्व क्रिकेटर तथा भारतीय जनता पार्टीका सांसद गौतम गाम्भीरलाई ज्यान मार्ने धम्की आएको छ।

गाम्भीरले शनिबार आफू र परिवारलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीमा उजुरी गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

अन्तर्राष्ट्रिय फोन नंबरबाट आफूलाई धम्की आएको गाम्भीरले बताएका छन्। उनले आफ्नो तथा परिवारको सुरक्षा सुनिश्चित गर्न प्रहरी समक्ष आग्रह गरेका छन्।

गौतम गाम्भीर कैयौं मुद्दामा खुलेर कुरा राख्छन्। हालै गाम्भीरको पूर्व पाकिस्तानी क्रिकेटर साहिद अफरिदीसँग पनि मौखिक विवाद भएको थियो।

हाल भारतमा नागरिकता विवाद पनि जारी छ। उनी सत्ताधारी दल भाजपाका सांसद हुन्। प्रहरीले गाम्भीरलाई धम्की आएको विषयमा अनुसन्धान भइरहेको बताएको छ।