गजेन्द्र रिजालको "नाच ननस्टप" बोलको गितको रेकर्डिङ तथा सुटिङ कार्य सम्पन्न - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

गजेन्द्र रिजालको “नाच ननस्टप” बोलको गितको रेकर्डिङ तथा सुटिङ कार्य सम्पन्न



विशाल पाण्डेय / कैलाली । 

पछिल्लो समय निकै चर्चा कमाउन सफल रहेका मोडल हुन कैलालीका गजेन्द्र रिजाल । करिब आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरेका मोडेल रिजालले पुन नयाँ म्युजिक भिडियो सार्वजनिक गर्ने तयारी गरिरहेका छ्न । यसै क्रममा मोडल गजेन्द्र रिजालले, ‘आफ्नै शब्दमा रहेको ‘नाच ननस्टप’ बोलको गितको म्युजिक भिडियो केही दिनमै सार्वजनिक गर्ने तयारी रहेको हिमाल पोस्टलाई बताए ।’

मोडल रिजालले गितको रेकर्डिङ तथा म्युजिक भिडियोको सुटिङ कार्य सकिएको अब इडिट ,मिक्सिङ्ग गर्ने काम बाकी रहेको जानकारी दिए ।

ननस्टप बोलको गितमा चर्चित लोक गायक टंक तिमिल्सिनाको स्वर रहेको छ भने गितमा र्‍याप सुवास कार्कीको रहेको छ । साथै म्युजिक भिडियोमा मोडल गजेन्द्र रिजाललाई अभिनयमा डम्मर कार्की र आयुषि मगरको साथ रहेको छ ।

निर्देशक बिक्रम चौहानको निर्देशन रहेको उक्त म्युजिक भिडियोको एरेन्ज राकेश सोनिले गरेका छन् भने छायांकन प्रकाश खड्काको रहेको छ ।