नायिका मेनुका र नायक गौरवको उत्कृष्टअभिनयमा “सुन साईली” सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

नायिका मेनुका र नायक गौरवको उत्कृष्टअभिनयमा “सुन साईली” सार्वजनिक (भिडियो सहित)



समिर प्रकाश पाण्डे/माघ २९ 

पछिल्लो समय विदेश पसेका युवाको भावनालाई समेटेर बनाइएको सुन साईली बोलको गीत युवा माँझ भाईरल बन्दै गहिरहेको बेला जी.एच  ईन्टरटेनमेन्ट प्रा.लीले सोही गीतको भिडियो सार्वजनिक गरेको छ ।

गीतमा आजकालका युवाको यौवन बेला अक्सर विदेशमा काम र पढाइमा बित्ने र मायाँलुसँगको दुरी अनि छट्पटी र पीडालाई बडो मिठास पूर्ण तवरले समेटीएको छ।आफ्नो बाध्यता र भविष्यको सुनौलो सपना कोर्ने अभ्यासमा फसेका युवाको कथालाई यो गीतले उजागर बनाएको छ।

हेमन्त रानाको स्वरमा हिमाल साउदको शब्द अनि अहिलेका चर्चित गायक एवम् सङ्गीतकार काली प्रसाद बासकोटाको सङ्गीत रहेको सुन साँहिली परदेशबाट म आउँला चालिस कटेसी रमाउला ,जस्ता उत्कृष्ट शब्द समावेश छन् । गीतको भिडियोमा पछिल्लो समयकि चर्चित नायिका मेनुका प्रधान र नायक गौरव पाहाडिको अभिनय देख्न सकिन्छ ।