गाईतिहार- किन गरिन्छ गाईको पूजा ? यस्ता छन् पौराणिक मान्यता - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

गाईतिहार- किन गरिन्छ गाईको पूजा ? यस्ता छन् पौराणिक मान्यता



काठमाडौं : कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहार। देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिँदैछ।

गाईको पूजा गरी खानेकुरा खानदिने परम्परा छ। औँसीका दिन बिहान गाईपूजा गर्ने र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भए पनि तिथिको घटबढका कारण यो वर्ष दुई परेको छ। सोमबार अपराह्न नै औँसी तिथि लागेपछि साँझ लक्ष्मीपूजा गरिएको छ।

सोमवार २७ घडी १५ पला अर्थात् अपराह्न ५ बजेर ४ मिनेटमा औँसी लागेको हो। मंगलबार २५ घडी ५७ पला अर्थात् अपराह्न ४ बजेर ३३ मिनेटसम्म औँसी रहनेछ।

वनजंगलका ‌औषधियुक्त घाँसपात खाएर अमृतरूपी दूध दिने भएकाले सनातन हिन्दु समाजमा गाईलाई आमाकै रूप मानिएको छ। गाईबाट प्राप्त हुने पदार्थ पञ्चगव्य (दूध, दही, घ्यू, गहुँत र गोबर) का रूपमा शुद्धिका लागि प्रयोग गरिन्छ। कृषिकर्ममा गाईबाट प्राप्त हुने गोबर र गोमुत्रको महत्त्व छ।

लौकिक परम्परामा श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र(डोरो) गाईको पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपछि वैतरणी गर्न सहज हुने लोकविश्वास छ।