नयाँ युगको नेतृत्व नयाँ पुस्तालाइ :गगन थापा - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

नयाँ युगको नेतृत्व नयाँ पुस्तालाइ :गगन थापा



अाचार्य प्रदीप
बुटवल ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले मुलुकमा नयाँ संविधान कार्यान्वयन भएसँगै युग परिवर्तन भएकाले अब नयाँ युगको नेतृत्व नयाँ पुस्ताले नै गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस बुटवल नगरसमितिले गरेको आयोजना गरेको कार्यकर्ता भेलामा नेता थापाले पार्टीका शिर्ष नेताहरुलाई युगपुरुष भएर बस्ने आग्रह गर्दै नयाँ पुस्तालाई नयाँ युगको नेतृत्व दिन आग्रह गरे । अब पाका नेताहरु अभिभावक र संरक्षक भएर बस्नुपर्ने उनको भनाई छ ।

उनले अब दुई अढाई वर्ष नपर्खि तत्काल कांग्रेसको महासमिति बैठक हुँदै महाधिवेसनमा जानुपर्ने बताउनुभयो । मुलुकको नयाँ संरचना अनुसार पार्टीको संरचना पनि बन्नुपर्ने थापाको भनाई छ ।

गत चुनाबको गम्भीर रुपमा समिक्षा हुनुपर्ने भन्दै थापाले कांग्रेसको भोट घटेन भनेर चित्त बुझाउने बेला नभएको भन्दै कम्युनिष्टको भोट बढिरहेको उल्लेख गरे ।

थापाले राष्टियताका सम्बन्धमा कांग्रेस स्पष्ट धारणा हुनुपर्ने उल्लेख गरे ।

ओली प्रधानमन्त्री बन्नु अघि नै भारतीय प्रधानमन्त्री मोदीले २–२ पटक फोन गर्नु, भारतीय विदेशमन्त्री नेपाल आउन लागेको विषयमा कांग्रेसले आफ्नो कडा प्रतिक्रिया दिन नसक्नु कम्जोरी भएको नेता थापाको भनाई छ ।