गगन थापा भन्छन्- देउवा दाईले भाउजूलाई टिकट दिँदासम्म पार्टी सुध्रिन्न - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

गगन थापा भन्छन्- देउवा दाईले भाउजूलाई टिकट दिँदासम्म पार्टी सुध्रिन्न



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा टिकट दिने परिपाटी बदल्नुपर्ने बताएका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा आयोजित कार्यक्रममा उनले वडा, क्षेत्र, नगरको सभापति छान्ने अधिकार विधानले दिए पनि वडा अध्यक्षको उमेदवार खोसिएर माथि जाने अवस्था रहेको बताए ।

उनले दाइले भाउजूलाई टिकट दिने परिपाटी १५औँ महाधिवेशनबाट बदलिने बताए । सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै गगन थापाले यस्तो बताएका हुन् ।

“टिकट बाढ्ने अधिकार दाइलाई दिनुभयो भने भाउजूलाई टिकट दिन्छ । दाइले भाउजूलाई दियो भन्ने सन्दर्भमा नदिने अवस्था कसरी बनाउने ?,” उनले भने, “यो परिपाटी बदल्ने तरिका छ । १५औँ महाधिवेशनबाट बदलौं न त ।”

उनले पार्टी सदस्यहरूको मतदानबाट नै सांसद, गाउँपालिका अध्यक्ष, मेयरको उमेदवार चयन हुने बताए ।

“सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर १ को सांसद को बन्ने भन्ने विषय माथि बस्ने कुनै अमूक दाइले होइन यही सिन्धुपाल्चोकको पार्टीको सदस्यहरूको मतदान हुन्छ त्यो मतदानबाट जसले सबैभन्दा बढी मत पाउने व्यक्ति सांसदको उमेदवार हुन्छ,” थापाले भने ।

समानुपातिक उमेदवार पनि त्यहीबाट छानिए नेताले दादागिरी देखाउने परिस्थिति बन्द हुने बताए ।