“सभापतिज्यूले ठन्डा दिमागले सोचेर उम्मेदवारी फिर्ता लिनुहुनेछ” - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

“सभापतिज्यूले ठन्डा दिमागले सोचेर उम्मेदवारी फिर्ता लिनुहुनेछ”



नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। 

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा उम्मेदवारी दर्ता गरे लगत्तै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै थापाले सभापतिले उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गरे। उनले भने, “मलाई विश्वास छ, सभापतिज्यूले ठन्डा दिमागले सोचेर उम्मेदवारी फिर्ता लिनुहुनेछ।”

निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिन दुई घण्टा समय निर्धारण गरेको छ। महामन्त्री थापाले आफ्नो पार्टीका सांसदहरूलाई परिवर्तनको पक्षमा उभिन समेत आग्रह गरेका छन्। दलको नेता चयनका लागि पुस ६ गते मतदानको कार्यक्रम छ।