एमालेसँग मिलेर सरकार बनाउन गगन थापाको प्रस्ताव - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

एमालेसँग मिलेर सरकार बनाउन गगन थापाको प्रस्ताव



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कोसी प्रदेशमा एमालेसहितको सरकार गठन गर्न प्रस्ताव गरेका छन् ।

जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले कोसी प्रदेशमा अस्थिरता बढेको भन्दै स्थिरताका लागि एमालेसहितको सरकार गठन गर्नुपर्ने बताएका हुन् ।

प्रदेशमा सरकार अस्थिर हुँदै जाँदा हुने खेलले प्रदेशको औचित्यमाथि प्रश्न उठाउने भन्दै कोसी प्रदेशमा जारी अस्थिरता पनि अन्त्य हुनुपर्ने बताए ।

“प्रदेशमा सरकारमा बढेको अस्थिरताले नागरिकमा प्रदेशप्रति नकारात्मक धारणा निर्माणमा सहयोग गरेको छ,” थापाले भने, “यस्तो धारणा बदल्न र नागरिकलाई डेलिभरी दिन कोसी प्रदेशमा स्थिर सरकार बनाउन पहल गर्नुपर्छ ।”

उनले कोसीमा स्थिरताको समस्या आएको भन्दै अब एमालेसँगै मिलेर सरकार बनाउनुपर्ने बताए ।

“कोसी प्रदेशमा एमालेसँग मिलेर जाँदा उपयुक्त हुन्छ,” थापाले भने, “यो मेरो राय हो । यसका विषयमा उपयुक्त निर्णय लिनुपर्छ ।”