'गगन ब्राण्ड'मा देउवाले दिए मतदातालाई धन्यवाद - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

‘गगन ब्राण्ड’मा देउवाले दिए मतदातालाई धन्यवाद



प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीलाई भोट हाल्ने मतदातालाई धन्यवाद दिएका छन्।

यही मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनबाट कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाइदिएको भन्दै देउवाले मतदाताप्रति आभार प्रकट गरेका हुन्।

प्रधानमन्त्री देउवाले शुक्रबार बिहानै सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय मतदाता, नेपाली कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाउनुभएकोमा धेरै धेरै धन्यवाद।’

धन्यवाद ज्ञापनका लागि उनले एउटा आकर्षक पोस्टर पनि बनाएका छन्। हरियो ब्यानरमा देउवाले नमस्कार गरेको फोटो राखेर ब्यानर बनाइएको छ । जुन महामन्त्री गगन थापाको चुनाबी ब्यानरहरूमा प्रयोग गरिएको थियो । यसलाई निर्वाचनमा ‘गगन ब्रान्ड’ भनिएको थियो ।

प्रत्यक्षतर्फ ५७ र समानुपातिक ३२ सिट जितेर कांग्रेस ८९ सिटसहित प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको छ।