गगन थापामाथि बालेन शाहको कडा प्रहार - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

गगन थापामाथि बालेन शाहको कडा प्रहार



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि कटाक्ष प्रहार गरेका छन् । उनले महानगरभित्र नेपाली कांग्रेसको कुनै पनि भ्रातृ संगठन नरहेको ‘घोषणा’ गर्दै गगन थापाको एउटा भाषणमाथि प्रहार गरेका हुन् ।

सांसदसमेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न नपाइने भनी दिएको अभिव्यक्तिलाई उल्लेख गर्दै बालेनले उक्त घोषणा गरेका हुन् ।

“नेपाली कांग्रेसको महामन्त्रीज्यूले नै भनेपछि काठमाडौं महानगरभित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालय, सबैतिर कांग्रेस पार्टीको कुनै पनि भ्रातृ संगठन नभएको घोषणा गर्दछौँ । बोलेको कुरा पूरा गर्नुहोला माननीयज्यू,” बालेनले मंगलबार फेसबुकमा लेखेका छन् ।