गच्छदारले हारे चुनाव चौधरीले बाजी मारिन - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

गच्छदारले हारे चुनाव चौधरीले बाजी मारिन



विराटनगर- सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगवती चौधरी विजयी भएकी छन् । उनले उनले नेपाली कांग्रेसका विजय कुमार गच्छदारलाई पराजित गर्दै जित निकालेकी हुन् ।

यसअघिका निर्वाचनमा पनि उनीहरूबीच रोचक प्रतिस्पर्धा हुने गरेको थियो । यसपटक भने भगवतीले बाजी मारेकी छन् । उनले गच्छदारभन्दा ५ हजार ५ सय बढी ल्याएकी छन् ।

निर्वाचन आयोगले विजयी घोषणा गर्न बाँकी छ । केहि मत गन्न बाँकी रहंदा नै भगवती विजयी भएकी हुन् । गणना सकिएपछि आयोगले सो घोषणा गर्नेछ ।