विजयकुमार गच्छदारले चुनाव हार्ने निश्चित - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

विजयकुमार गच्छदारले चुनाव हार्ने निश्चित



सुनसरी क्षेत्र नम्बर ३ मा कांग्रेसका विजयकुमार गच्छदारले चुनाव हार्ने निश्चित बनेको छ । एमालेकी भगवती चौधरीको अग्रता फराकिलो हुँदै गएको छ ।

चौधरी निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका विजयकुमार गच्छदार भन्दा ४ हजार ८५१ मतले अगाडि छन् । तर मत आउने ट्रेन्ड भने एकै खालको छ ।

चौधरीले २१ हजार ८११ मत ल्याँउदा गच्छदारले १६९६० मत पाएका छन् । मतगणना हुँदा अग्रता बनाएका राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबावु मैनाली भने तेस्रो स्थानमा छन् ।

उनले ५८४० मत पाएका छन् । अब गन्न थोरै मात्रै मत बाँकी छन् ।