६४ हजार मत गन्दा गच्छदारलाई 'ब्रेक' लाग्ने संकेत - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

६४ हजार मत गन्दा गच्छदारलाई ‘ब्रेक’ लाग्ने संकेत



विराटनगर- सुनसरी–३ मा एमाले उम्मेदवार भगवती चौधरीको अग्रता कायमै रहेको छ।

२८ हजार मत गन्न बाँकी हुँदा चौधरी ४३०७ मतले अगाडि छन्। उनले २७९७१ मत प्राप्त गर्दा निकतम प्रतिस्पर्धी कांग्रेसका विजयकुमार गच्छदारले २३६६४ मत प्राप्त गरेका छन्।

अहिलेसम्म यहाँ ६४५२७ गणना भएको सुनसरी ३ को निर्वाचन अधिकृतको कार्यालले जनाएको छ।

अब सुनसरीको गढी गाँउपालिकाका ४ वटा वडा र बर्जु गाँउपालिकाको मत गन्न बाँकी छ। सुनसरी ३ मा ९२५३५ मत खसेको थियो।