बिन्ध्यबासिनी म्युजिकमा  रामजी खाड र निर्मला भण्डारीको गाईगुई ( भिडियो सहित ) - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

बिन्ध्यबासिनी म्युजिकमा  रामजी खाड र निर्मला भण्डारीको गाईगुई ( भिडियो सहित )



नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक रामजी खाड र निर्मला भण्डारीको सुमधुर आवाजमा रहेको मौलिक रोईला गीत हालै मात्र सार्वजनिक भएको छ ।

चर्चित गायक तथा सर्जक भगवान् भण्डारीको शब्द रहेको सार्वजनिक गीतमा लय रामजी खाडले नै भरेका छन् । उत्कृष्ट शब्द, सङ्गीत रहेको गीतको भिडियोलाई निकै रमाइलो तरिका बाट निर्माण गरिएको छ ।

गीतको भिडियोमा रामजी खाड र करिश्मा ढकालले अभिनय गरेका छन् भने राजेश घिमिरेको छायाङ्कनमा सम्पादन दीपक विष्टले गरेका छन् । गीतलाई बिन्ध्यबासिनी म्युजिक प्रा. लीले बजार व्यवस्थापन गरेको छ ।