ईन्टरकलेज फुटसल हुने - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

ईन्टरकलेज फुटसल हुने



आचार्य प्रदीप
बुटवल । ग्लोबल रिच ईन्टर कलेज फुटसल प्रतियोगिता २०७४ हुने भएको छ ।
बिद्यार्थीहरुलाई एकत्रित गर्नको लागी स्थापना भएको नेपलीज स्टुडेन्ट क्लवको आयोजनामा यहि पुस २० गते प्रतियोगिता हुने मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो ।
फरक फरक बिद्यालयका बिद्यार्थीहरुमा पनि एकताको भावना सिर्जना होस भनि प्रतियोगिताको आयोजना गरीएको हो । पत्रकार सम्मेलनमा बोल्दै क्लवका स्पोटर्स कोर्डिनेटर सञ्जय शर्माले बोल्दै रुपन्देहीका ८ वटा बिद्यालयको सहभागिता रहने जानकारी दिए ।

पहिलो पटक गतवर्ष आयोजना गरिएको प्रतियोगिता खुल्ला प्रतियोगिता भएका कारण पनि केही समस्याहरु आएको बताउँदै त्यसलाई यो वर्ष हटाउने प्रयास गरिएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका मूख्य प्रायोजक ग्लोबल रिच बुटवल शाखा ब्यवस्थापक बिशाल श्रेष्ठले बोल्दै बिद्यार्थीहरुको सहभागिताको कदर गर्दै आफुले साथ दिएको बताए ।

कार्यक्रममा संस्था सहसंयोजक सागर अर्याल तथा कार्यक्रम कोर्डीनेटर एलिना थापाले डस्बीनमा फोहोर फालेर कार्यक्रम शुरु गरेका थिए । प्रतियोगितामा नेपात्थ्य कलेज, सिद्वार्थ कलेज, मणिमुकुन्द कलेज, अन्नपूर्ण कलेज, एभरेष्ट कलेज, कालिका माबी र एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट को समेत सहभागिता रहने छ ।

प्रतियोगितामा सहभागि बिद्यालयबाट दर्ता शुल्क मार्फत २ हजार ५ सय रुपैयाँ लिईएको सहसंयोजक अर्यालले जानकारी दिए । प्रतियोगिताको प्रथम हुने टिमलाई १२ हजार र दोस्रो हुने टोलीलाई ८ हजार नगद सहित कप मेडल र प्रमाणपत्र समेत बितरण हुने छ ।

कार्यक्रमको सञ्चालन क्लवका सचिव सागर पौडेलले जानकारी दिए । क्लव गत बर्ष स्थापना भए संगै ३५ जिल्लाका ४५ स्थानमा शाखा बिस्तार भईसकेको छ । क्लवमा हाल सम्म ७ हजार भन्दा बढि सदस्य रहेको क्लवले जनाएको छ ।