प्रथम जिल्ला स्तरिय खुल्ला व्याडमिण्टन प्रतियोगिताकाे फाइनल आज - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

प्रथम जिल्ला स्तरिय खुल्ला व्याडमिण्टन प्रतियोगिताकाे फाइनल आज



बुटवल : प्रथम जिल्ला स्तरिय खुल्ला व्याडमिण्टन प्रतियोगिता बुटवलमा सुरु भएको छ ।

न्यू लुम्बिनी व्याडमिन्टन क्लव शिवनगर बुटवल ७ को आयोजनामा सुरु भएको प्रतियोगिताका आज खानेपानी तथा सरसफाई राज्य मन्त्री अब्दुल रज्जाकले उद्याटन गरे । सो अवसरमा बोल्दै रज्जाकले स्वस्थय जिवनको लागि पनि खेल अपरिहार्य रहेको बताए ।

खेलको बिकाश मार्फत देशको नाम चिनाउन सरकारले सक्दो प्रयास गरिरहेको रज्जजाकको भनाई थियो ।प्रतियोगिताका संयोजक बोनिन पियाले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगितामा पुरुष डवल र भेटन डवलमा गरि दूई बिधामा ६५ खेलाडिले प्रतिष्प्रर्धा सहभागि रहेको जानकारी दिए ।

प्रतियोगितामा पुरुष डवल तर्फ प्रथम हुनेले नगद ३२ हजार १ सय ११, द्धितिय हुनेले २२ हजार १ सय ११ र सेमी फाईनलमा पुगेर पराजित हुनेलाई नगद १२ हजार १ सय ११ दामासाहीको पुरस्कार व्यवस्था रहेको छ ।

त्यसैगरी भेटन डवल तर्फ प्रथम हुनेले नगद १२ हजार १ सय १ र द्धितिय हुनेले नगद ८ हजार प्राप्त गर्ने आयोजकको भनाई छ । क्लवका अध्यक्ष्ँ लक्ष्मण आचार्यको अध्यक्ष्ँतामा कार्यक्रम भएको थियो । प्रतियोगितामा पुरुष डबल तर्फ ५० टिम र भेटन तर्फ १५ टिमको सहभागिता रहने बताईएको छ । प्रतियोगितामा अाज फाईनल खेल हुने छ ।