ह्वाइटहाउस पनि डुबानमा पर्ने गरी अमेरिकामा बाढी - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

ह्वाइटहाउस पनि डुबानमा पर्ने गरी अमेरिकामा बाढी



हिमालपोस्ट

अमेरिकामा सोमबार आएको भीषण वर्षा र आँधीका कारण जनजीवन प्रभावित बनेको छ । वर्षाको पानी ह्वाइटहाउसमा पनि पसेको बताइएको छ । ह्वाइटहाउसको पश्चिमी क्षेत्रमा बनेको मिडिया कार्यक्षेत्रमा पानी पसेको बताइएको छ । यसैगरी वासिङ्टनका सडकमा ठूलो वर्षाका कारण पानी भरिएर यातायात प्रभावित बनेको छ ।

अचानक आएको बाढीका कारण वासिङ्गन डिसी क्षेत्रमा आवतजावत गरिरहेका यात्रु जोखिममा परेकाे बताइएकाे छ।

ठूलो वर्षाका कारण सडकहरू अवरुद्ध बनेका छन् भने भूमिगत रेलमार्गमा पनि डुबानको स्थिति देखा परेको छ। अन्डरपास मार्गमा पनि दुई मीटर पानी भरिएको बताइएकाे छ।

(एजेन्सी)