विश्वको पाँचौँ अर्थतन्त्र यसरी बन्दैछ भारत - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

विश्वको पाँचौँ अर्थतन्त्र यसरी बन्दैछ भारत



यो वर्ष विश्वकै पाँचौँ ठूलो अर्थतन्त्रमा भारतले बेलायतलाई पछि पार्ने देखिएको छ । २०२५ सम्म जापानलाई पनि पछि पार्दै एसिया–प्रशान्त क्षेत्रको दोस्रो ठूलो अर्थतन्त्र हुने ग्लोबल इन्फर्मेसन प्रोभाइडर आईएचएस मार्केटले जनाएको छ ।

लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदी तथा भाजपाको जितमा आईएचएस मार्केटले यो रिपोर्ट सार्वजनिक गरेको हो । मोदी सरकारको दोस्रो कार्यकालमा आर्थिक परिदृश्य सकारात्मक देखिएको छ । २०१९ देखि २०३३ सम्म वार्षिक औसत जीडीपीको वृद्धि दर ७ प्रतिशत रहने अनुमान गरिएको छ ।

विश्वको ठूलो अर्थतन्त्रको देशको वरियतामा उकालो लाग्नाले विश्वव्यापी जीडीपीमा उसको योगदान पनि बढ्ने छ । भारतका कारण एसियाली क्षेत्रमा व्यापार तथा लगानी प्रवाह बढाउनमा सहयोग मिल्नेछ ।

मोदीको दोस्रो कार्यकालमा महत्त्वपूर्ण आर्थिक सुधारको चुनौती जारी रहने रिपोर्टमा उल्लेख गरिएको छ । सरकारी बैङ्कमा सुधार तथा एनपीएको बोझ कम गर्न नीतिमा प्राथमिकता दिइने छ ।

जीडीपीमा म्यानुफ्याक्चरिङ क्षेत्रको योगदान २५ प्रतिशतको तुलनामा केबल १८ प्रतिशत रहेको छ । आगामी दुई दशकमा प्रत्येक वर्ष औसत करिब ७५ लाख रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । यस कारण सरकारलाई म्यानुफ्याक्चरिङ तथा सेवा क्षेत्रमा रोजगारी बढाउने दबाव रहनेछ ।