दमकमा आगलागी - पाँच करोडको क्षति - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

दमकमा आगलागी – पाँच करोडको क्षति



दमकको एउटा थोक कपडा पसलमा गए राति आगलागी भएको छ। उक्त आगलागीमा करिब रु पाँच करोड मूल्य बराबरको क्षति भएको बताइएको छ । उक्त थोक कपडा पसल दमक वडा नं ७ पशुहाटमा व्यवसायी कृष्ण ओली र विष्णु श्रेष्ठले सञ्चालन गर्दै आएका थिए।  बिएन्डबि सप्लायर्स होलसेल नाम गरेको सो पसलमा गए राति १२ बजेतिर अचानक आगलागी भएको थियो। प्रहरीको प्रारम्भिक अनुमानमा क्षति पाँच करोड बराबर हुनसक्ने  इप्रका दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताए । आगलागी विद्युत लिक भएर भएको हुनसक्ने अनुमान गरिएको प्रहरीको भनाइ छ ।

पसलमा रहेका कपडा, एसीसहित इलेक्ट्रोनिक्सका सम्पूर्ण सामान जलेर नष्ट भएको छन् । करिब एक घण्टापछि दमक नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा सो आगलागी नियन्त्रणमा लिइएको थियो।

(चित्र-साङ्केतिक)