चितवनमा छायांकन हुदै पोखराकी काली - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

चितवनमा छायांकन हुदै पोखराकी काली



बिमल पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र “पोखराकी काली“को अहिले चितवनमा छायांकन भैरहेको छ ।’मायोज बार’ मा सगै अभिनय गरेका निशा अधिकारी र गजित बिष्ट सात बर्ष फेरी चलचित्र “पोखराकी काली“ मार्फत एक साथ अभिनय गर्दैछन् ।

फुल कमेडी बेसमा निर्माण गरिएको यस चलचित्रमा निशा र गजितको अलावा सरोज खनाल,लय संगौला,सुबास गजुरेल,सुरबीर पण्डित ,मनोज श्रेष्ठ ,,बिरेन डिसी ,पुष्प आचार्य ,गणेश गिरि ,सुसान्त श्रेष्ठ,प्रतिमा अधिकारी ,प्रेम श्रेष्ठ लगायतको अभिनय रहेको छ।

रेड हाउसको ब्यानरमा निर्माण गरिएको “पोखराकी काली“लाई डास्पिनाकी विश्वास (अमित )ले निर्माण गरेका हुन् ।चलचित्रमा संचारकर्मी रबि अधिकारी कस्टिंग डिरेक्टरको रुपमा रहेका छन्।

चितवन आसपासमा छायांकन भएको यस चलचित्रको छायांकन चालिस दिनको लाग्ने निर्देशन बिमल पौडेलले जानकारी दिनु भयो।

बिपिन आचार्यको संगीत,कमल राईको नूत्य, लक्ष्मण घिमिरेको छायांकन रहने यस चलचित्रमा द्वन्द्व निर्देशन रबि बराली र प्रकाश कर्माचार्यको रहेको छ ।