फिदाले चर्चा बटुल्दै ,कोलाई लास्टै राम्री देखे रामेशराजले(हेरौं भिडियो) - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

फिदाले चर्चा बटुल्दै ,कोलाई लास्टै राम्री देखे रामेशराजले(हेरौं भिडियो)



गायक तथा संगीतकार रमेशराज भट्टराईको “तिमी लास्टै राम्री छौ र त म फिदा भाको छु” शिर्ष गीत रहेको पप गीतीसंग्रह ‘फिदा’ नामको एल्बम भट्टराईको आफ्नै आवाज आफ्नै संगीत र आफ्नै शब्द रचनामा सार्वजनिक भएलगत्तै चर्चा बटुल्न लागेको छ  ।

पाली संगीतमा अब्बल संगीतकारको रूपमा आफ्नो पहिचान बनाईसकेका रमेशराज भट्टराई पछिल्लो समय गाएनमा पनि उतिकै चर्चामा रहे “बबाल भो ” माया लाको उनले र मैले दुनियाँलाई के सवाल भो” नामको गीतले अत्यधिक चर्चा बटुलेपछी उनको गायन यात्रा पनि निकै उकालो लाग्यो ।

नेपाली संगीतका सबै बिधामा स्थापित भैसकेका भट्टराई लोक दोहोरी क्षेत्रमा पनि धेरै चर्चित गीतहरुमा आफ्नो आवाज संगीत वा शब्द मार्फत लोक दोहोरीमा दर्शक श्रोताहरुमा पनि उत्तिकै प्रिय् छन् ।

पछिल्लो समय देश बिदेशका स्टेज कार्यक्रमहरुमा निकै ब्यस्त हुन् थालेका भट्टराई अहिलेका ब्यस्त संगीतकर्मी भित्र पर्दछ्न ।