मोडल कृष्ण सापकोटाको फेरी अर्को उत्कृष्ट लोक गीत “एउटा पापी” (भिडियो सहित) - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

मोडल कृष्ण सापकोटाको फेरी अर्को उत्कृष्ट लोक गीत “एउटा पापी” (भिडियो सहित)



समीर प्रकाश पाण्डे

एक पछि अर्को उत्कृष्ट म्युजिक भिडियोहरुमा अभिनय गरेर सबैको मन जित्न सफल पछिल्लो समयमा राम्रै चर्चा बटुलेका अर्घाखाँची बल्कोटमा जन्मिएर हाल काठमाडौलाई आफ्नो कर्म थलो बनाउँदै नेपाली गीत सङ्गीतको क्षेत्रमा क्रियाशील मोडल कृष्ण सापकोटाको फेरी अर्को उत्कृष्ट लोक गीत “ एउटा पापी”को भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा स्वर/सङ्गीत गायक विजय सुनामको छ भने दीपक पराजुलीको शब्द सृजनामा गीत बजारमा आएको हो ।

भिडियोमा अहिलेकी चर्चित मोडल मञ्जिता के.सीले कृष्णलाई साथ दिएकी छिन, माया प्रेम भित्र का पिडालाई देखाउन खोजिएको भिडियोमा कपिल लामाको निर्देशन नवीन घर्ती मगरकको सम्पादन रहेको छ भिडियोलाई सुरेश श्रेष्ठले खिचेका छन् ।

सापकोटा प्रोडक्सनको ब्यानरमा निमार्ण गरिएको गीतको भिडियोलाई सभ्यता क्रियशनले कृष्ण सापकोटा र दीपक पराजुलीको प्रस्तुतिमा बजारमा ल्याएको हो ।