फेसबुकको नेपाली अर्थ थाहा छ ? - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

फेसबुकको नेपाली अर्थ थाहा छ ?



काठमाडौं- के तपाईंलाई फेसबुकको नेपाली शब्द अर्थ थाहा छ? अनि के यो शब्दलाई नेपाली शब्दकोषमा खोजेर पाउनुहुन्छ त? अहँ पाउनु हुन्न।

तर, अब चिन्ता नलिनुस्, नेपाल प्रज्ञा प्रतिष्ठानले यस्तै नयाँ–नयाँ शब्द संकलन गरेर ‘प्रज्ञा नेपाली वृहत् शब्दकोष’ प्रकाशन गर्दैछ।

नयाँ शब्दकोष आगामी वर्ष बजारमा ल्याउने तयारी गरिएको प्रज्ञा प्रतिष्ठानले जनाएको छ। यो खबर आजको नागरक दैनिकमा मञ्जु गौतमले लेखेकी छन्।

‘नेपाली समाज, आम सञ्चार र प्रशासनमा प्रयोगमा रहेका शब्द हाल प्रचलनमा रहेको बृहत् नेपाली शब्दकोषमा छैनन्,’ प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भने, ‘त्यसैले अहिलेको श्ब्दकोषलाई विस्थापित गरी नयाँ शब्दकोष प्रकाशनको तयारी थालेका हौँ।’

कुलपति उप्रेतीका अनुसार नयाँ शब्दकोषमा १ लाख ५० हजारभन्दा बढी नेपाली शब्द सममावेश गरिनेछ।

उक्त शब्दकोषका लागि १ लाख १५ हजार शब्द संकलन भइसकेका छन्।

०६८ सालदेखि नयाँ शब्दकोषका लागि शब्द संकलन सुरु गरिएको हो।