अस्ट्रेलियामा लोकप्रिय बन्दै एभरेष्ट मःम - Himal Post Himal Post
  • २१ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 4 2026
Logo

अस्ट्रेलियामा लोकप्रिय बन्दै एभरेष्ट मःम



अस्ट्रेलिया |

बिराटनगरका प्रमोद रिमाल र प्रज्ञा दाहाल रिमालको जोडी र काभ्रेका सन्तोष अधिकारी र नितु न्यौपाने अधिकारीको जोडीले सिड्नीको पारामाटामा सन् २०१७ देखि संचालन गरेको एभरेष्ट मःम पछिल्लो समय सिड्नीको नेपाली माझ मात्रै नभएर यहाँको बहुसाँस्कृतिक समाजमा समेत लोकप्रिय बन्दै गएको छ। ‘हामी सिड्नीको पारामाटामा दुई वर्षदेखि एभरेष्ट मःम खुवाइरहेका छौँ । हाम्रो यो मःमले के नेपाली के विदेशी सबैको मन जितिरहेको छ । विदेशीहरूलाई नेपाली स्वादप्रति आकर्षित गराउन सक्नु हाम्रो सफलता हो,’ सन्तोष र प्रमोदले भने ।प्रमोद थप्दै भन्छन ” प्राय:नेपालीहरु प्रिय खानाको परिकार रुपमा रहेको मःमलाई विश्वब्यापी रुपमा फैलाउने लक्ष सहित हामीले स्लोगन समेत ‘फ्रम द टप अफ द वर्ल्ड टू रेस्ट अफ द वर्ल्ड’ राखेका छौ। आफ्नै अन्य शाखाहरु समेत खोल्ने र फ्रेन्चआइज मोडलमा समेत म:म व्यवसायलाई अगाडी बढाउने सोच रहेको रिमाल बताउछन्।

प्रवासमा नेपालीको यस मौलिक ब्यवसाय यसरी विस्तार हुनुलाई प्रवासी नेपालीले गौरवपूर्ण ठानेका छन् । मार्केटिङमा एमबीए र सोसोलोजीमा डबल मास्टर्स सकाएका सन्तोष र नेपालमा इकोनोमिक्समा एमए सकाएर अष्ट्रेलियाबाट एमपीए पूरा गरेका प्रमोदले पनि अष्ट्रेलियाको प्रवासी जीवनमा अरूको काम गरे तर, जीवनमा अरूको काम गरेर उँभो लागिँदैन भन्ने कुरा राम्ररी बुझेका यी युवाले आफ्नै ब्यवसाय शुरू गरेका थिए ।

अब यी दुई युवा आफ्नो ब्राण्डलाई नेपालको नामसँगै स्वाद पनि विश्वमाझ पुऱ्याउन कम्मर कसेर लागिपरेका छन् । एभरेष्ट मःम अहिले सिड्नीको ३० भन्दा बढी सुपर मार्केटमा पाइन्छ भने एभरेष्टले ५० भन्दा बढी प्रकारका मःमहरू तयार गर्ने गरेको छ।