एउटा नक्कली फोटोले नेपाल हल्लायो - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

एउटा नक्कली फोटोले नेपाल हल्लायो



काठमाडौं। अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ।

‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक’ गरी यस्तो दाबी गरेको हो। उक्त फोटोलाई फोटोसपको सहाराले सुन्दर बनाइएको तर्कसहित म्यागाजिनले फोटोलाई ‘फेक’ भनेको छ। उसको तर्कअनुसार फोटोमा सिनहरू जोडजाड गरिएको छ भने हिउँ चितुवालाई असम्भव स्थानमा देखाएको छ।

पत्रिकाले पावलोव्स्कीलाई फोटोसफ विज्ञ पनि भनेको छ। ‘द फेक स्नो लिओपार्ड फोटोमोन्ताज स्प्रेड एराउन् द वर्ल्ड’ शीर्षकमा हिजो प्रकाशित रिपोर्टअनुसार वास्तविकताभन्दा भिन्न र अनौठोजस्तो लागेपछि पत्रिकाले विश्लेषण गर्ने निर्णय गरेको थियो।

खासगरी दुई फोटो हेरिएपछि यसलाई सम्पादन गरिएको निचोडमा आफूहरू पुगेको पत्रिकाको रिपोर्टमा उल्लेख छ। हिउँ चितुवाको पृष्ठभूमि तयार गर्न प्रयोग गरिएको पहाडका टुक्राहरू हेर्दा फोटो सम्पादन गरिएको पुष्टि हुने म्यागजिनको दाबी छ।

आफूले पत्ता लाएका कुरा र आशंकाबारे थप पुष्टि गर्न पत्रिकले केही विज्ञको भनाइ पनि राखेको छ। हिउँ चितुवा विशेषज्ञ फोटोग्राफर भिन्सेन्ट मुनियरले हिउँ चितुवा हिमनदीमा नभेटिने जवाफ दिएका छन्।

कितियाले आफ्नो ब्लगमा राखेका तीन तस्वीरलाई पत्रिकाले सूक्ष्म विश्लेषण गरेको छ। तीमध्ये ७ हजार १ सय ६१ मिटरमा खिचेको भनिएको फोटोको पृष्ठभूमि पनि सम्पादन गरिएको उल्लेख छ।

हिउँ चितुवाहहरू ५५ सय मिटरभन्दा माथि नजाने विज्ञको भनाइका आधारमा पत्रिकाले तर्क गरेको छ। अर्को एक तस्वीरमा त्यतिमाथिको उचाइँमा परेवा उडेको देखाइएको र त्यसलाई अप्रत्याशित भनिएको छ।