विप्लवको आक्रमण प्रयासपछि, गृहमा आकस्मिक बैठक हेलिकप्टर पठाइँदै - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

विप्लवको आक्रमण प्रयासपछि, गृहमा आकस्मिक बैठक हेलिकप्टर पठाइँदै



काठमाडौँ – 

‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामा प्रहरी चौकी आक्रमण प्रयास गरेपछि गृह मन्त्रालयमा आकस्मिक बैठक बोलाइएको छ।

सो प्रयास र सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा सारिएको बारे छलफल गर्न गृहमन्त्री थापाले सुरक्षा प्रमुखहरूको आकस्मिक बैठक डाकेका हुन्।

बैठकमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी प्रमुख तथा गृहका उच्च अधिकारीहरू सहभागी छन्। गृहमन्त्रालयले यसलाई ‘नियमित बैठक’ भनेको छ। गृहमन्त्रालयको स्रोतअनुसार विप्लव माओवादीबाट त्यहाँ हुनसक्ने सम्भावित गतिविधि रोक्न रणनीति बनाउने उद्देश्यले बैठक बोलाइएको हो।

प्रहरी नायब उपरीक्षक शालिकराम शर्माको टोली सोलुखुम्बुबाट छेस्का पुगिसकेको छ। त्यहाँका प्रहरीलाई आइतबार राति नै सुरक्षित स्थानमा सारिएको थियो।

मध्यराति विप्लव माओवादीको ठूलो समूह चौकीमा पुग्दा चौकी खाली थियो। प्रहरीले नेपाली सेनासँग हेलिकप्टरको माग गरेको छ। सोलुखुम्बुमा हवाई गस्ती गर्नका लागि प्रहरीले सेनाको एमआई–१७ हेलिकप्टर मागेको हो। हेलिकप्टर तयारी अवस्थामा राखिएको सैनिक स्रोतले जनायो।