बाजुरामा एमालेका उम्मेदवार कर्ण थापा पछाडी धकेलिए - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

बाजुरामा एमालेका उम्मेदवार कर्ण थापा पछाडी धकेलिए



काठमाडौं । एक मात्र निर्वातन क्षेत्र रहेको बाजुरामा मत गणना जारी छ ।

मत विवादका कारण निर्वाचन सम्पन्न भएको १२ औं दिनमा बिहिबार राती देखी सुरुभएको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता लिइरहेका छन् ।

शुक्रबार बिहान सम्मको परिणाममा कांग्रेसका पाण्डेले ५ हजार १०६ मत मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् ।

त्यस्तै उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले ३ हजार ९९४ मत प्राप्त गर्दै पाण्डेलाई पछ्याइरहेका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जंगकुमार गिरीले २२ मत पाएका छन् ।