गृहमन्त्रीले निर्देशन दिँदा पनि पक्राउ परेनन् फरार एमाले सांसद - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

गृहमन्त्रीले निर्देशन दिँदा पनि पक्राउ परेनन् फरार एमाले सांसद



विशाल बस्नेत/न्युज कारखाना

गृहमन्त्री रवि लामिछानेले निर्देशन दिँदा पनि हत्या अभियोग लागेका लक्ष्मी महतो कोइरी अहिलेसम्म पनि पक्राउ पर्न सकेका छैनन् । जनकपुर उच्च अदालतबाट पक्राउका लागि वारेण्ट जारी भैइसकेका महोत्तरीका संघीय सांसद कोइरी अहिले निर्वाधरुपमा नियमित काम गरिरहेका छन् ।

संसद महतो प्रशासन तथा प्रहरीको आँखा नै अगाडी हिड्डुल गरेर चुनौती दिइरहेका छन् । सपथग्रहणदेखि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदासम्म महतो पक्राउ पर्न सकेका छैनन् ।

मधेश आन्दोलनको समयमा लखेटी-लखेटी घाइते बनाएर उपचार गर्न लैजाने क्रममा एम्बुलेन्सबाट नै निकालेर सुरक्षाकर्मी थमन विकलाई हत्या गरेको उनीमाथि आरोप छ ।

उच्च अदालत जनपुरले २०७७ मा महतोलाइ पक्राउ गरी पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । २०७७ देखि फरार रहेका महतो २०७९ को निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट नेकपा एमालेवाट टिकट लिएर संघको निर्वाचनमा होमिएका थिए ।

बारेसमार्फत मनोनयन दर्ता गराएर चुनावी प्रतिस्पर्धामा होमिएका महतो माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणी पोखरेललाई पराजित गर्दै विजयी बनेका हुन् ।

निर्वाचन आयोगबाट हस्तान्तरण गर्ने प्रमाणपत्र समेत वारेसमार्फत नै बुझेका महतो प्रहरीको आँखा छल्दै सपथग्रहण लिनसमेत सफल भए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी हेडक्वाटरले कांग्रेसबाट निर्वाचित संसद टेकबहादुर गुरुङ्ग र महतोलाई संसदीय गतिविधिमा सग्लन नगराउन पत्राचार गरे पनि  कोइरीलाई भने निरन्तर सग्लन गराउँदै आइएको छ ।