एमाले र माओवादीका कार्यकर्ताबिच कुटाकुट, ९ जना घाइते - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

एमाले र माओवादीका कार्यकर्ताबिच कुटाकुट, ९ जना घाइते



डोल्पामा नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताबिच सामान्य विवाद हुँदा दोहोरो झडप भएको छ।

डोल्पाको जगदुल्ला गाउँपालिका –३ स्थित थापा गाउँमा झडप हुँदा दुवै पक्षका ९ जना कार्यकर्ता घाइते भएका हुन्।

मदिरा सेवन गरी एक आपसमा विवाद हुँदा दुवै पार्टीका कार्यकर्ताहरू एक आपसमा लड्न थालेपछि दोहोरो झडप भएको थियो।

आइतबार राती झडप भएपनि प्रहरीले सोमवार मात्र खबर आएको थियो। झडपमा एमालेका ४ जना र माओवादीका ५ जना घाइते भएका छन्।

चार जना गम्भीर घाइतेहरूलाई सोमवार उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ लगिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

उनीहरूको टाउकोमा चोट लागेको छ। अन्य ५ जना सामान्य घाइते छन्। घाइतेहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।