गगन थापा भन्छन्- एमालेलाई राष्ट्रपति दिए संविधान दुर्घटनामा पर्छ - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

गगन थापा भन्छन्- एमालेलाई राष्ट्रपति दिए संविधान दुर्घटनामा पर्छ



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिका लागि नेकपा एमालेले प्रस्ताव गर्ने उम्मेदवारलाई मत नदिने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले एमालेको उम्मेदवार राष्ट्रपति भए ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने समेत टिप्पणी गरे ।

कांग्रेस महामन्त्री तथा सांसदसमेत रहेका थापाले भने, ‘एमाले नेतृत्वले कार्यकर्तालाई राष्ट्रपति बनायो भने ‘सम्माननीय कठपुतली राष्ट्रपति’ भने हुन्छ । त्यसले विस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ ।’

बालुवाटार र शीतल निवास केन्द्र बन्ने र एक ठाउँमा पुगेर संविधानलाई दुर्घटनामा पार्ने बताउँदै उनले भने, ‘त्यसैले एमालेले प्रस्ताव गर्ने उम्मेदवारलाई हराउन लाग्छौं । आफ्ना उम्मेदवारलाई भोट माग्छौं, फकाउन लाग्छौं ।’ फेरि एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान दुर्घटनामा पर्छ कि भन्ने डर रहेको उनको भनाइ छ ।