चर्को आलोचना थेग्न नसकेपछि आफ्नै निर्णयबाट पछि हटे इलोन मस्क - Himal Post Himal Post
  • २४ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 7 2026
Logo

चर्को आलोचना थेग्न नसकेपछि आफ्नै निर्णयबाट पछि हटे इलोन मस्क



चौतर्फी चर्को आलोचना थेग्न नसकेपछि अर्बपति व्यवसायी इलोन मस्कले ट्वीटरबाट निलम्बित गरिएका विभिन्न पत्रकारहरूको अकाउन्ट पुनः सुचारु गर्ने भएका छन् । उनले यो जानकारी ट्वीटरमार्फत दिएका छन् ।

मस्कको ठेगाना साझा गरेको आरोपमा न्युयोर्क टाइम्स, सीएनएन र वासिङटन पोस्टका पत्रकारहरूको ट्वीटर अकाउन्ट निलम्बित गरिएको थियो । यस कदमको चौतर्फी आलोचना भएपछि उनले ट्वीटरका प्रयोगकर्ताहरूलाई ‘के गर्दा हुन्छ ?’ भनेर सोधेका थिए ।

यसमा सहभागी ३६ लाख प्रयोगकर्तामध्ये ५९ प्रतिशतले उनीहरूको अकाउन्ट तुरुन्त सक्रिय गर्न सुझाव दिएका थिए । ‘जनताले बोलेका छन् । जसले मेरो ठेगाना सेयर गरे उनीहरूको निलम्बन फुकुवा हुनेछ,’ मस्कले भनेका छन् । निलम्बन गर्ने निर्णयलाई संयुक्त राष्ट्रदेखि युरोपियन युनियनसमेतले निन्दा गरेको थियो ।