भगवान् श्री हरिले शयन गर्ने पर्व - हरिशयनी एकादशी - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

भगवान् श्री हरिले शयन गर्ने पर्व – हरिशयनी एकादशी



हिमालपोस्ट/काठमाडौँ

काठमाण्डौ – आज असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी। आजैका दिन भगवान् विष्णु वा हरिले क्षीरसागरमा शयन गर्नुहुन्छ। यो पर्व मनाउन घरघरमा तुलसीको विरुवा रोपिन्छ र भगवान् विष्णुको व्रत-पूजा गरिन्छ।

हरेक वर्ष जेठ शुक्ल एकादशीका दिनमा घरघरमा तुलसीको दल राखिन्छ। सो दल उम्रेर बनेको बिरुवा असार शुक्ल एकादशीका दिन मोठमा लगेर रोपिन्छ।  सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मको अवधिलाई चौमासा भनिन्छ र यो अवधिमा तुलसीको विशेष पूजा हुन्छ।

चौमासामा पर्ने एकादशीमा फलाहार गरी व्रत बस्ने चलन छ। कतिपयले हरिशयनी र हरिवोधिनी एकादशीको मात्रै पनि व्रत गर्छन्।

हरिशयनी एकादशीमा देशभरिका नारायणस्थान तथा विष्णु मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ। व्रत बसी फलाहार साथै रोटी, मकै आदि खाने चलन रहिआएको छ। औषधिविज्ञानमा तुलसीको विशेष महत्त्व छ। आयुर्वेदमा तुलसीका प्रशस्त औषधीय गुणहरू व्याख्या गरिएका छन्।