एकनारायण भण्डारीको दोर्श्रो बिहे ?(भिडियो सहित) - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

एकनारायण भण्डारीको दोर्श्रो बिहे ?(भिडियो सहित)



समिर प्रकाश पाण्डे

बिहेको महिना भनेर चिनिने मङ्सिर महिना लागे लगत्तै संङ्गितिक बजारमा बिभिन्न किसिमका पञ्चे बाजाका गितहरु अाउने क्रममा नेपाली संगीतमा आफ्नो छुट्टै स्थान बनाउन सफल सर्जक एकनारायण भण्डारीको सिर्जनामा पञ्चे बाजा को गित ” ट्यान्कुटी ट्यान्कुटी झ्याई”  गीतमा एकनारायण भण्डारी दुलाहको भेषमा रहेका छन् । |

नेपाली संगीतको समग्र विधामा आफुलाई अब्बल साबित गराउन सफल भण्डारीको पछिल्लो समयमा सिर्जना भएको यो गीतले दिनानुदिन चर्चा कमाउदै गएको छ | यो गीतमा नेपाली लोक दोहोरि क्षेत्रका अर्का हस्ती एबम सदाबहार गायकको रुपमा परिचित बद्रि पंगेनीको स्वर रहेको छ | आज सम्म कसैसग पनि प्रतिष्पर्धा गर्न नपरेका भाग्यमानी गायकका रुपममा चिनिएका बद्रि पंगेनी सदाबहार गायक हुन् | उनको आवस्यकता उनले बाहेक अरुले पुरा गर्न नसक्ने भएकै कारण आफ्नो स्थान गुमाउन परेको छैन | यस गितलाई एकनारायण भण्डारीले लय र शब्दले सिंगारेका छन |

बद्रि पंगेनी र सकुन्तला थापा को यसमा स्वर रहेको छ | सितरा म्युजिक प्रा.लीले बद्रि पंगेनी र सकुन्तला को संयुक्त प्रस्तुतिको रुपमा यो गीतलाई बजारमा प्रस्तुत गरेको छ | शकर बिसीले यो गीतको म्युजिक भिडियोलाई निर्देशन गरेका छन | अभिनयमा शकरको साथै अन्जली अधिकारी, एक नारायण भण्डारी,झरना रिमाललाई देख्न सकिने छ | नबिन घर्ति मगरले भिडियोको सम्पादनमा र राजेश धिमिरेले छयांकनमा साथ दिएका छन