एडुकेयरको पहिलो दिन १ हजार भन्दा बढि दर्शक - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एडुकेयरको पहिलो दिन १ हजार भन्दा बढि दर्शक



बुटवल । एडुकेयर इन्टिच्यूट प्रालि बुटवलको आयोजनामा बुटवलमा शैक्षिक मेला शुरु भएको छ । २ दिने मेला सोमबार समापन हुनेछ । एडुफेयरको पहिलो दिन आइतबार १ हजार बढि बिद्यार्थीले मेलामा सहभागिता जनाउदै अबलोकन गरेका छन् ।

मेलामा भारतका चर्चित २० युनिभर्षिटीको सहभागिता रहेको र बिद्यार्थीहरुले निशुल्क रुपमा शैक्षिक परामर्श लिएको आयोजक संस्था एडुकेयर बुटवलकी प्रबन्धक डाइरेक्टर करिष्मा पाण्डले बताईन ।

ती युनिभर्षिटीका प्रतिनिधीहरुले नेपालका बिभिन्न कलेजमा अध्ययनरत बिद्यार्थि तथा मेला अबलोकनका लागि आउने सबैलाइ पछिल्लो अबस्थामा भैरहेको शैक्षिक बिकास ,अबस्था,भबिश्य तथा बिश्वब्यापीकरण शैक्षिक नीति जानकारी गराएका थिए ।

बुटवलको क्लव डेनोभोमा बृहत शैक्षिक भेला गरेको हो । सोहि संस्थाले गतबर्ष फागुन १८ र १९ गते बुटवलमै शैक्षिक भेला गरेको थियो । करिब १० लाखको खर्चमा शैक्षिक मेला गरिएको जनाइएको छ ।

२० स्टल सहभागि हुने सो मेला करिब ३ हजारले अबलोकन गर्ने अनुमान गरिएको छ । मेलामा प्रबेश निशुल्क ब्यबस्था गरिएको छ ।

एडुकेयरले १० बर्षदेखि शिक्षा क्षेत्रमा रहेर इन्टिच्यूटमा गुणस्तरीय शैक्षिक परामर्श दिने काम गरिरहेको छ ।
भारतको मुख्य शहर बैङलोर ,दिल्ली ,देहरादुन,पुनेशहर ,आन्द्रा प्रदेशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने बिद्यार्थिका लागि यो मेला निकै फलदायी हुने पाण्डेको भनाइ छ ।

हेरौँ केही तस्बिरहरु