दोस्रो ईडु फेयरको तयारी पुरा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

दोस्रो ईडु फेयरको तयारी पुरा



 बुटवल। बुटवलमा भाई दोस्रो शैक्षिक मेला (ईडु फेयर) २०७५ लाग्ने भएको छ ।

पद्मा मिडिया ग्रुपको आयोजनामा बुटवलको सिद्धार्थ कटेजमा जेठको ५ र ६ गते हुने भाइ शैक्षिक मेला लाग्ने भएको हो । दुई दिन चल्ने शैक्षिक मेलाको आवश्यक सबै तयारी पुरा भएको सोमबार पत्रकार सम्मेलनको गरि आयोजकले बताएको हो ।

कार्यक्रममा पद्मा मिडिया ग्रुपका ईभेन्ट म्यानेजर पियुष कर्णले प्लस टु विद्यार्थीहरुलाई लक्षित गरि मेला आयोजना गर्न लागिएको बताए । फेयरमा आउने विद्यार्थीहरुले नेपाल र नेपाल बाहिर अध्ययन गर्नका चाहने शैक्षिक संस्थाहरुको बारेमा सबै किसिमका जानकारीहरु पाउने उनले बताए । विश्वका मान्यता प्राप्त ईन्ष्टियुटहरुको स्टलहरु मोलामा राखिने उनले बताए ।

यसैगरि मेलाको पुर्ब सन्ध्यामा जेठ ४ गते शैक्षिक संस्थाहरुका प्राचार्यहरुसंग भेटघाट कार्यक्रम समेत राखिएको आयोजक्ले बताएका छन । मेलामा विभिन्न कन्सलटेन्सिका ५० वटा शैक्षिक स्टल राखिने बताईन्छ ।

पत्रकार सम्मेलनमा भाइ ईन्स्टिच्युटका प्रबन्ध निर्देशक निलम अधिकारीले यो शैक्षिक मेलाले उच्च शिक्षाकालागी तयारी अवस्थामा रहेका विद्यार्थीलाई धेरै फाईदा पुग्ने बताउनुभयो ।