विरगञ्जको समता स्कुललाई एभरेष्ट बैंकको आर्थिक सहयोग - Himal Post Himal Post
  • २६ मंसिर २०८२, बिहीबार
  •      Thu Dec 11 2025
Logo

विरगञ्जको समता स्कुललाई एभरेष्ट बैंकको आर्थिक सहयोग



विरगञ्ज कारागार परिसरमा रहेको समता स्कुललाई एभरेष्ट बैंकले आर्थिक सहयोग गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले समता स्कुल भवनको मर्मत सम्भार तथा रंगरोगन प्रयोजनका लागि २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो।

आइतबार समता स्कुलमै पुगेर एभरेष्ट बैंकका मधेस प्रदेश प्रमुख विभूति न्यौपानेले समता स्कुलकी प्रिन्सिपल अनामिका मिश्रालाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरे। त्यस अवसरमा न्यौपानेले कैदी बन्दी तथा विपन्न समुदायका छोराछोरीलाई अंग्रेजी माध्यमबाट शिक्षा दिइरहेको समता स्कुलको दिगो रूपमा सञ्चालनका लागि बैंकले सहयोग गर्न पाउँदा आफूहरूलाई खुशी लागेको बताए।

उनले भविष्यमा पनि संस्थागत तथा बैंकर्सहरूको तर्फबाट स्कुलको दिगोपनका लागि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता पनि जनाए।

समता स्कुलकी प्रिन्सिपल मिश्राले समता स्कुल वीरगन्जवासीकै सम्पत्ति भएकाले यसलाई जोगाउनु साझा दायित्व भएको बताइन्। उनले वीरगन्ज मुलुककै आर्थिक नगरी भए पनि यहाँ सामाजिक काम गर्न अत्यन्त गाह्रो भएको बताइन्।