दुर्गेशले विवादित गीत हटाएको केहि घण्टामै फेरी अपलोड - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

दुर्गेशले विवादित गीत हटाएको केहि घण्टामै फेरी अपलोड



काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाले विवादित तिहार गीत फेरि युट्युवमा अपलोड गरेका छन् । प्रहरीले नियन्त्रणमा लिएर छाडेको केहि घण्टामै उनले गीत फेरी अपलोड गरेका छन् ।

गीतले सामाजिक र सांस्कृतिक मर्यादा उल्लघंन गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो ।

प्रहरीले नियन्त्रणमा लिएपछि दुर्गेशले माफी माग्दै उक्त गीत युट्युवबाट हटाएका थिए । गीतमा राज्यद्वारा प्रतिवन्धित नशालु पदार्थ गाँजा खान उत्प्रेरित गर्ने शब्द अन्जानमा प्रयोग भएको भन्दै माफी मागेका थिए ।

त्यस्तै दिपावलीको अवसरमा मदिरा सेवन गर्न खुलेआम आह्वान गरेको भन्ने आम सरोकारवालाको चासो चिन्तालाई आफूले ममन गरेको बताउँदै आगामी दिनमा यस्ता सामाजिक सांस्कृतिक सद्भावमा खलल पुग्ने खालका गीत भिडियो प्रकाशन प्रशारण नगर्ने दुर्गेशले बताएका थिए ।

तर, युट्युवबाट हटाएको केही घण्टामै दुर्गेशले उक्त गीत अपलोड गरेका छन् । पछि अपलोड गरिएको गीतमा विवादित शब्दलाई म्युट गरिएको छ ।