अडियो काण्डले दुर्गा प्रसाईं पनि फसे- यसकारण हुनसक्छ १० वर्ष जेल सजाय - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

अडियो काण्डले दुर्गा प्रसाईं पनि फसे- यसकारण हुनसक्छ १० वर्ष जेल सजाय



काठमाडौं- निलम्बित रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठलाई घुष दिन होजेको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं जेल जानसक्ने सम्भावना देखिएको छ । दुई करोड रुपैयाँ घूस दिने मन्जुरी गरेका प्रसाईंलाई आठ देखि १० वर्षसम्म कैद गर्ने व्यवस्था भ्रष्टाचार निवारण ऐनमा छ ।

हालै ढाकाकुमार र प्रसाईंबीच भएको संवादको अडिओ सार्वजनिक भएपछि ढाकाकुमारको पदसमेत गैसकेको छ । यस प्रकरणमा घूस दिन खोज्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईं र घूस लिन खोज्ने ढाकाकुमारलाई कारबाहीको व्यवस्था ऐनमा छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग घूस मागेको अडिओ चैत २६ मा सार्वजनिक भएको थियो। जसमा सांसद श्रेष्ठले स्वास्थ्य मन्त्री बन्नका लागि दुई करोड बुझाउनुपर्ने बताउँदै व्यवसायी प्रसाईंसँग घूस मागेका थिए।

व्यवसायी प्रसाईंले दुई करोड दिने कबूल गरेको अडियोमा सुन्न सकिन्छ। उनले आफ्नो काम गरिदिनुपर्ने सर्तसहित घुष दिने बाचा गरेका छन् । भ्रष्टाचार निवारण ऐनमा घूस लिने-दिने वा त्यसमा मञ्जुरी गर्ने दुवैलाई कारबाही हुने प्रावधान छ।

ऐनको दफा ३ को उपदफा ३ मा घूस रिसवत दिनेलाई लिनेसरह नै कारबाही हुने व्यवस्था गरिएको छ। प्रसाईंले श्रेष्ठलाई कबोल रकम दिन राजी भएको बताएका छन्। यसको अर्थ प्रसाईंले आफ्ना लागि कुनै नाजायज काम गराउने शर्तसहित घूस खोजेको देखिन्छ।

ऐनको दफा ३ को (झ) मा एक करोड रुपैयाँभन्दा बढी घूस रिसवत लिनेदिने वा लिनदिन मञ्जुरी गर्नेलाई आठ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ। यस हिसाबले घूस दिन राजी हुने व्यवसायी प्रसाईं पनि कानूनी कारबाहीको दायरमा तानिन्छन्।

दुई करोड घूसको अडिओ प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको छ। साथै यस प्रकरणलाई सरकारले समेत छानबिन गर्ने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताइसकेका छन् ।