दुई तिहाईको सरकार अभिमत गुमाउँदैः डाक्टर बाबुराम भट्टराई - Himal Post Himal Post
  • १३ फाल्गुन २०८१, मंगलवार
  •      Tue Feb 25 2025
Logo

दुई तिहाईको सरकार अभिमत गुमाउँदैः डाक्टर बाबुराम भट्टराई



लोकेन्द्र रावल / टीकापुर ।

पूर्ब प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले बर्तमान दुई तिहाईको सरकारले अभिमत गुमाउँदै गएको बताउनुभएको छ । भट्टराईले उक्त कुरा मंगलबार टीकापुरमा भएको खुल्ला छलफल कार्यक्रममा बताउनुभएको हो ।

‘नेकपालाई भोट दिएका जनता निरास छन्,’भट्टराईले भन्नुभयो,‘ ८ प्रतिशत आर्थिक बृद्धिदर दाबी गरेपनि ५ प्रतिशत मात्र भयो । बैदेशिक व्यापार घाटा पनि धेरै बढेको छ ।’ बर्तमान सरकारले कुनै ठूला आयोजनाको सुरुवात गर्न नसकेको भट्टराईको भनाई थियो । ‘सरकारले आर्थिक समृद्धि त दिएन दिएन, शुसाषनमा पनि सरकार चुक्दै गएको छ ,’ डाक्टर भट्टराईले भन्नु भयो ,‘ निर्मला हत्या प्रकरणमा ठूला मान्छे प्रति जनताले आशंका गरेका छन् तर सरकार ढाकछोपमा व्यस्त छ । बुढगण्डकीमा ९ अर्ब र बाइडबडी मा ४ अर्ब अपचलन भएको कुरा बाहिर आएका छन् ।’

देशको बिद्यमान राजनैतिक जटिलता र त्यसको समाधान बिषक खुल्ला अन्तर सम्बाद भनिएको उक्त छलफल कार्यक्रममा भट्टराईले हरेक आन्दोलबाट केही न केही उपलव्धि भएको जिकिर गर्दै संघियता निर्माण गर्दा व्यबहारमा लचिलो हुँदा हामी पनि चुक्यौ भन्नुभयो ।
टीकापुर घटनाका बारेमा भट्टराईले लाल आयोगको प्रतिबेदन सार्बजनिक गर्नुपर्छ भन्नुभयो । ‘संबिधान निर्माण गर्दा थारु ठगिएका हुन्, बिष्पोटको अभिव्यक्ति थियो २०७२ को घटना’,भट्टराईले भन्नु भयो ,‘बिखण्डनका कुरा गर्न सिके रावतलाई गुपचुपमा स्थापित गर्ने अनी अधिकार माग्ने रेशमलाई हदैसम्मको सजाय संगति छैन ।’ ‘थारुका नेता पनि छैनन् , बोलिदिने मान्छे पनि छैनन् भनेर थारुलाई अन्याय गर्न मिल्दैन ।’ भट्टराईले भन्नुभयो ।

नयाँ शक्ति पार्टीका प्रदेश नम्बर ७ का संयोजक कृष्ण चौधरीको सभापतित्वमा भएको उक्त कार्यक्रम मा नयाँ शक्तिका केन्द्रिय सदस्य पबित्रा तिमिलसेना, नेपाली कांग्रेस का क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, राष्ट्रिय जनमोर्चाका नेता तिलक परियार, थारु नेता भानु राम थारु र लक्ष्मण चौधरी, संघिय समाजवादी फोरमका रामबहादुर बिक, बिबेकशिल पार्टीका लोक बहादुर बिसी, सामुदायिक बन महासंघ टीकापुरका अध्यक्ष श्याम खत्री, एमनेष्टीका कुम्भराज बडुवाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने एक दर्जन बेसीले भट्टराई समक्ष स्थानीय समस्याका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा स्वागत टंक धमला र जित बहादुर चौधरीले स्वागत गरेको उक्त कार्यक्रम नयाँ शक्ति पार्टीका नेता हरि तिमिलसेनाले संचालन गर्नुभएको थियो ।