२०७६ साउन ३, शुक्रबार

डा. रवीन्द्र समीरको १२औँ कृति ‘मृत्युको आयु’ सार्वजानिक

July 11, 2019
50 Views

हिमालपोस्ट/काठमाडौँ –

डा. रवीन्द्र समीरको उपन्यास ‘मृत्युको आयु’ सार्वजनिक भएको छ। किताबमा वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका युवाको कथा समेटिएको छ। कथा पात्रको मृत्युपश्चात् उसको आत्माको दृष्टिकोणबाट लेखिएको छ।

‘कृतिले वैदैशिक रोजगारीमा जानेहरूको कारुणिक कहरलाई काल्पनिक भाषामा प्रस्तुत गरेको छ।’ लेखक रवीन्द्रले भने। उनले पुस्तक स्वैरकाल्पनिक शैलीमा लेखेका छन्।

पुस्तकबारे आख्यानकार नयनराज पाण्डे भन्छन्, ‘एउटा खास किसिमको फर्म्याटमा आइरहेको नेपाली आख्यान क्षेत्रमा मृत्युको आयु फरक खालको कथावाचन शैलीमा प्रस्तुत भएको छ। रेमिट्यान्सको भरमा टिकिरहेको नेपाली अर्थतन्त्र र त्यसले व्यक्ति, परिवार र समाजमा पारिरहेको भयावह प्रभावको सशक्त एवम् मार्मिक चित्रणले उपन्यासलाई समकालीन समस्यासित जोड्छ।’

उपन्यासमा एक सय ६६ वटा लघुकथाको संयोजन रहेको लेखकको भनाइ छ।

समीरको यसअघि आठओटा लघुकथा सङ्ग्रह, एकएकओटा मुस्तक सङ्ग्रह, नियात्रा सङ्ग्रह र संस्मरण प्रकाशित छन्। मृत्युको आयु उनको बाह्रौँ साहित्यिक कृति हो। उनले पद्मश्री साहित्य पुरस्कार, उत्तमशान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुरस्कारलयायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवम् सम्मान प्राप्त गरेका छन्।

यो उपन्यास कृति फाइनप्रिन्टले प्रकाशन गरेको हो।

 

Facebook Comments

सम्बन्धित खवर

अफगानिस्तानको काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा ४ को मृत्यु
अन्तराष्ट्रिय
shares3 views
अन्तराष्ट्रिय
shares3 views

अफगानिस्तानको काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा ४ को मृत्यु

Himalpost Desk - २०७६, ३ श्रावण १३:०६

हिमालपोस्ट/काठमाडौँ- (एजेन्सी) अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बिहान ७:१० बजे बम विस्फोट भएको छ । विस्फोटमा परी…

सर्प र मान्छेबीच टोकाकोट, दुवैको मृत्यु
अन्तराष्ट्रिय
shares6 views
अन्तराष्ट्रिय
shares6 views

सर्प र मान्छेबीच टोकाकोट, दुवैको मृत्यु

Himalpost Desk - २०७६, ३ श्रावण १२:३८

हिमालपोस्ट/काठमाडौँ (एजेन्सी) भारतको गुजराँतस्थित महिसागर जिल्लामा सबैलाई आश्चर्यचकित पार्ने एउटा घटना भएको छ। सुन्दा पत्यार नलाग्ने यो घटना भने वास्तविक…

चुरोटको बट्टामा आफ्नै काटिएको खुट्टा भेटेपछि…
विचित्र संसार
shares3 views
विचित्र संसार
shares3 views

चुरोटको बट्टामा आफ्नै काटिएको खुट्टा भेटेपछि…

himal post - २०७६, ३ श्रावण १२:३५

काठमाडौं - पूर्वी फ्रान्समा एक ६० वर्षीय व्यक्तिले चुरोटको बट्टामा आफ्नो काटिएको खुट्टाको तस्बिर प्रयोग गरिएको थाहा पाउँदा आफू अवाक्…