डा. गोविन्द के.सी.को माग - चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया तत्काल रोक - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

डा. गोविन्द के.सी.को माग – चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया तत्काल रोक



हिमालपोस्ट/काठमाडौँ-

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया तत्काल रोक्न वरिष्ठ चिकित्सक गोविन्द केसीले सरकारसँग माग गरेका छन्।

चिकित्सा शिक्षा क्षेत्रको समग्र सुधारको माग गर्दै थुप्रै पटक अनशन बसीसकेका चिकित्सक केसीले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो आयोगको उपाध्यक्ष चयन प्रक्रियाप्रति असन्तुष्टि जनाए र तत्काल सो प्रक्रिया रोक्न सरकारसँग माग गरे।

उनका अनुसार योग्य मान्छेलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने गरी सो आयोगको उपाध्यक्ष छनौट गर्नुपर्ने भएकाले हाल अघि बढाएको प्रक्रिया खारेज गर्न सरकारसँग माग गर्नु परेको हो।

वरिष्ठ चिकित्सक केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा योग्यतम तथा कार्यक्षमता प्रमाणित भईसकेको व्यक्ति नियुक्त गर्न र त्यसो नगरिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए।

सो पत्रकार सम्मेलनमा वरिष्ठ चिकित्सक केसीले मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक र राष्ट्रिय मानव अधिकार आयोगको ऐनसँग सम्बन्धित विधेयक आम नागरिकको मुख थुन्ने गरी आएको दावी गर्दै तत्काल खारेज गर्न पनि सरकारलाई दबाब दिए।