डिपिएलले आइसिसीको मान्यता पायो - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

डिपिएलले आइसिसीको मान्यता पायो



कैलाली । कैलालीको धनगढीमा यहि चैत्र १७ गतेदेखि सुरु हुने रुस्लान धनगढी प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करण रुस्लान डीपीएल प्रतियोगिताले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)को मान्यता पाएको छ ।

धनगढी क्रिकेट एकेडेमी (डीसीए) को आयोजनामा हुन लागेको डिपिएललाई आइसीसीका सिनियर क्रिकेट अपरेशन म्यानेजर द्वारा प्रेषितपत्रमा आइसीसीले आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई रुस्लान डीपीएल २ लाई आइसीसीको मान्यता रहेको जानकारी गराइसकेको उल्लेख गरिएको छ।

आइसीसीको मान्यतासँगै प्रतियोगितामा सहभागी टोलीले कुनैपनि उच्चस्तरका विदेशी खेलाडीलाई टोलीसँग अनुबन्ध गर्न सहज भएको छ।

रुस्लान डीपीएल२ लाई आइसीसीले मान्यता दिँदै आफ्ना सम्पूर्ण सदस्यहरुलाई जानकारी गराउँनुले नेपाली घरेलु प्रतियोगिताले अन्तराष्ट्रियस्तरमा थप महत्व र उचाई हासिल गरेको छ ।

प्रतियोगितामा काठमाडौं गोल्डन्स, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र टीम चौराह धनगढीले सहभागिता जनाउँदैछन्।

प्रतियोगिताको अक्सन गत फागुन ९ गते काठमाडौंमा सम्पन्न भइसकेको छ।

सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २५ तथा उपविजेताले १० लाख पाउँनेछन्। यस्तै तेस्रो हुने टीमले तीन तथा चौथो हुने टोलीलाई दुई लाख दिइने यसअघि नै घोषणा भइसकेको छ। डिपिएल १७ चैतदेखि १ वैशाखसम्म हुदैछ ।